कानून समिति सभापतिसहितको टोलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था गर्न सभामुखलाई आग्रह गरेको छ।
काठमाडौँ– कानून, न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था गर्न सभामुखसमक्ष अनुरोध गरेका छन्। समिति सभापति विमला सुवेदीसहितको टोलीले सभामुख देवराज घिमिरेलाई भेटेर आगामी बैठकमा सो विधेयक पेश गर्ने व्यवस्था गर्न अनुरोध गरेको हो।
प्रतिनिधिसभाको २०८० वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि विधेयकलाई कानून, न्याय तथा मानव अधिकार समितिमा पठाइएको थियो। समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि राजनीतिक कार्यदल गठन भएको थियो। सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो।
समितिको साउन २४ गतेको बैठकले उक्त विधेयकसम्बन्धी प्रतिवेदन सर्वसम्मतिले पारित गरेको जानकारी गराउँदै सभापति सुवेदीले सभामुख घिमिरेलाई लेखेको पत्रमा भनिएको छ, “उक्त प्रतिवेदनसहितको विधेयकलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १२१ को प्रावधानबमोजिम प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने व्यवस्थाका लागि सम्माननीयज्यूसमक्ष अनुरोध गर्दछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
