उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ।
म्याग्दी– जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ।
आर्थिक वर्ष २०८०/८१ मा २११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन्। कार्यालयका अनुसार २०८०/ ८१ मा ३१ उद्योग र ५३ व्यावसायिक फार्म खारेज भएका हुन्। आर्थिक वर्ष २०७९/८० मा १४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएका थिए। सो अवधिमा १०१ वटा उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषनाथ शर्माले बताए।
आर्थिक वर्ष २०७७/७८ मा ७६२, २०७८/७९ मा ५७० र २०७९/८० मा ३१७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायीहरू विदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताए।
“व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिड पछिको आर्थिक मन्दीको असरका रूपमा लिएका छौँ,” उनले भने, “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज गर्नेहरू पनि छन्।”
जिल्लामा फेन्सी, हार्डवयर्स र होटल तथा रेस्टुरेन्टको व्यापार घटे पनि सटर नै बन्द नभएका अध्यक्ष श्रेष्ठको दाबी छ। उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फार्महरू पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन्।
उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ। आर्थिक वर्ष २०७९/८० मा १९ करोड ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १७ लाख ३८ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।
गत वर्ष ३२२ उद्योग र ३९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए। गत वर्ष दर्ता भएका उद्योगहरूमा ३०६ जनालाई रोजगारी सिर्जना भएको छ। जिल्लामा हाल दुई हजार ८८९ उद्योग र दुई हजार ५४३ व्यवसाय कायम भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
