जेठ २८ गतेयता मनसुनी वर्षासँगै आएको बाढी, पहिरोलगायतका विपद्बाट चार हजार २९७ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १७० जनाको मृत्यु भएको छ।
बाढी पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जनाको मृत्यु भएको छ। त्यस्तै, कोशी प्रदेशमा २५, मधेशमा ६, बागमतीमा ३१, गण्डकीमा ५४, लुम्बिनीमा ३३, कर्णालीमा आठ र सुदूरपश्चिममा १० गरी १७० जनाको मृत्यु भएको हो।
मनसुनी विपद्मा परेर यो अवधिमा २०३ जना घाइते भएका र कतिपय उपचारपछि घर फर्किइसकेका छन् भने केही घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।
यो अवधिमा काठमाडौँ उपत्यकामा ११ जना, कोशीमा ३७, मधेशमा १०, बागमतीमा १९, गण्डकीमा ४६, लुम्बिनीमा १३, कर्णालीमा ५३ र सुदूरपश्चिममा १४ जना घाइते भएका हुन्। प्रहरीले विपद्मा परेका ११२ जनाको उद्धार गरिएको जनाएको छ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमतीमा ४१, गण्डकीमा दुई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक/एक गरी ४८ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी प्रहरीको भनाइ छ।
बाढीको कारण ३८४ घर डुबानमा परेका छन् भने २७० वटा घर, १०२ वटा गोठ, ४३ वटा पुल, चार वटा विद्यालय तथा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७६४ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्बाट चार हजार २९७ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
