भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्ने भएका छन्।
काठमाडौँ– भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन्। परराष्ट्रसचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणमा विदेशसचिव मिस्री आइतबार काठमाडौँ आउने भएका हुन्।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सचिवद्वय लम्साल र मिस्रीबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ पार्ने र द्विपक्षीय सहयोगलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल हुने छ।
विदेशसचिव मिस्रीको भ्रमण मित्रवत् छिमेकीबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको पनि परराष्ट्र मन्त्रालय जनाएको छ।
काठमाडौँ बसाइँका क्रममा विदेशसचिव मिस्रीले नेपालका उच्च पदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेट गर्ने छन्। उनी अगस्ट १२ मा स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
