छानबिन समितिले छनोट प्रक्रियामा पेश भएका कागजातहरूको आधिकारिकताको जाँचका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने श्रम मन्त्रालयले जनाएको छ।
काठमाडौँ– सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरूको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए।
कामदारहरूबाट पेश गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै उनले छानबिन समितिले छनोट प्रक्रियामा पेश भएका कागजातहरूको आधिकारिकताको जाँचका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने बताए।
उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपाल र इजरायलबीच भएको द्विपक्षीय जीटुजी सम्झौता कार्यान्वयन गर्न मन्त्रालय सदैव तयार रहेको उल्लेख छ। जीटुजीमार्फत हुने छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताइको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
