यस्तो रहनेछ शनिबारको मौसम

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

यसैगरी, राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै र मधेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै र कोशीका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।