पेरिस ओलम्पिक: स्पेनले जित्यो पुरुष फुटबलमा स्वर्ण

पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा स्पेनले फ्रान्समाथि ५–३ को जितसहित स्वर्ण जितेको हो।

काठमाडौँ– आयोजक फ्रान्सलाई पराजित गर्दै स्पेनले पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ। 

पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा स्पेनले फ्रान्समाथि ५–३ को जितसहित स्वर्ण जितेको हो। स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलोले समान दुई तथा एलेक्सन बेनाले एक गोल गरे। फ्रान्सका एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन –फिलिप माटेटाले गोल फर्काए। 

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा २ गोल गर्दै स्पेन विजयी भयो।