पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।

फाइल तस्वीर।

जुम्ला– पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार राति सुर्खेत–जुम्ला खण्डअन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो। 

बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन्। 

अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने काम सकिएपछि कर्णाली राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।