आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ।
स्याङ्जा– स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्याङ्जाबाट नौ हजार ४८७ जनाले नागरिकता लिएका थिए। सोही अवधिमा चौध हजार ८२२ जनाले राहदानी लिएका छन्।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कुल १५ हजार १९३ राहदानी सिफारिस गरिएको थियो। सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो। गत आर्थिक वर्षमा राहदानी बनाएकामध्ये ३७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उनले बताए।
सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आर्थिक वर्ष २०८०÷८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता चार हजार ९०४ वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए। सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट चार हजार ५८३ नागरिकता वितरण भएका थिए। दुवै कार्यालयबाट गत आर्थिक वर्षमा कुल नौ हजार ४८७ नागरिकता वितरण भएका थिए।
स्याङ्जाबाट वैवाहिक अंगीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए। स्याङ्जाबाट १९ र वालिङबाट पाँच वैवाहिक अंगीकृत नागरिकता वितरण भएका थिए। कुल चौध हजार ८२२ राहदानीमध्ये स्याङ्जाबाट सात हजार ४४३ र वालिङबाट सात हजार ३७९ वितरण भएका थिए।
“जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्”, उनले भने, “अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
