देशको स्वच्छ उद्योगका रूपमा पर्यटन क्षेत्र रहेको र यसका लागि कर्णाली प्रदेश नयाँ गन्तव्य बन्न सक्ने सम्भावना रहेकाले प्रदर्शनी आयोजना गरिरहेको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।
काठमाडौँ– काठमाडौँमा डोल्पाको चिनारी झल्कने कलावस्तु तथा जिल्लामा उत्पादित सामग्रीको प्रदर्शनी गरिएको छ।
मनघरी फाउन्डेसनको आयोजनामा शब्द, दृश्य, चित्र र स्थानीय उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्ने दशमहिने ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तर्गत डोल्पा जिल्लाको प्रदर्शनी गरिएको हो। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पाको प्रदर्शनी सोमबारसम्म चल्ने आयोजकले जनाएको छ।

मनघरी फाउन्डेसनले संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरूको सम्भावना र सुन्दरतालाई शब्द, चित्र तथा भिडियोका साथै स्थानीय रूपमा उत्पादित सामग्रीमार्फत पस्कने क्रममा असारमा दैलेखको प्रदर्शनी गरेका थियो। साउनमा डोल्पा जिल्लाको चिनारी झल्किने कलावस्तुको प्रदर्शनी गरिएको कनेक्टिङ कर्णालीका परिकल्पनाकार एवं मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।

प्रदर्शनीमा डोल्पा जिल्लामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरतालाई कैद गरिएका ३० वटा तस्वीरका राखिएको छ। साथै, डोल्पालाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो र उत्पादित खाद्य सामग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ।
अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रूपमा पर्यटन क्षेत्र रहेको र यसका लागि कर्णाली प्रदेश नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छ। तर तिनको उचित प्रचारप्रसार हुन सकेको छैन। यही कुरालाई मनन गर्दै कार्यक्रम आयोजना गरिरहेको अध्यक्ष थापाले बताए।

प्रदर्शनीमा थापाका १८ वटा तस्वीर, टेक शाहीका चार, जगे बुढाका दुई, डा. सुरज उपाध्याय, रामचन्द्र बस्नेत, रामचन्द्र न्यौपाने र डब्लूडब्लूएफका एक/एक वटा तस्वीर राखिएका छन्। भिडियो टेक शाही र मनघरी फाउन्डेसनले तयार गरेको आयोजकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
