चीनको चिया र फ्रान्सको रोटी बनाउन विशेष ज्ञान, सीप र अभ्यासको आवश्यकता पर्छ। यी खानेकुरा परम्पराकै रूपमा विकसित भएकाले संरक्षणका लागि युनेस्कोको सूचीमा सूचीकृत गरिएको हो।
फ्रान्समा दैनिक खाइने ‘ब्रेड’को प्रकार बगेटलाई संयुक्त राष्ट्रसंघको युनेस्कोले संरक्षित सम्पदाको सूचीमा राखेको छ। पिठो, पानी, नुन र इस्टको प्रयोग गरि बनाइने लामो प्रकारको रोटी नै बगेट हो।
फ्रान्सको रैथाने र चर्चित खानेकुरा बगेट खाना र नास्ता दुवैमा प्रयोग हुन्छ। निश्चित तापक्रम र परिमाणमा दिनभर पकाउनुपर्ने भएकाले बगेट बनाउन विशेष तरिका र सीप चाहिन्छ। फ्रान्सको परम्परागत र विशेष खाना भएकाले यसलाई युनेस्कोको सूचीमा राखिएको हो।
यस्तै, चीनको चिया संस्कृतिलाई पनि युनेस्कोले अमूर्त सम्पदाको सूचीमा राखेको छ। चियाले दैनिक जीवनलाई इंगीत गर्छ। घर, कार्यालय, चिया पसल, रेष्टुरेन्ट र मन्दीर सर्वत्र चियाको महत्व छ। सामाजिक कार्य तथा विवाह भोजसहित विभिन्न समारोहमा पनि चियाको महत्वपूर्ण स्थान छ।
चिया बगानको व्यस्थापन, पात टिप्नेदेखि हाते प्रशोधन सबैका लागि विशेष ज्ञान, सीप र अभ्यास आवश्यक पर्छ। त्यसैले चीनको परम्परागत चिया प्रशोधन प्रविधि निकै महत्वपूर्ण छ।
चिया पारखी र यसको व्यवसायमा लाग्ने सबैका लागि चिया बनाउने सीप आदानप्रदान गरिन्छ। चियाको उत्पादन र प्रयोगको महत्वका साथै यसद्धारा विकसित संस्कारको जगेर्ना गर्न भन्दै यसलाई युनेस्कोमा राखिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
