फूलबारी–बंगलाबन्ध नाका खुला भएसँगै बांग्लादेशसँगको आयात निर्यात सहज भएको छ।
झापा– नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बंगलाबन्ध नाका खुलेको छ। नाका खुला भएसँगै बांग्लादेशसँगको आयात निर्यात सहज भएको छ।
पूर्वी नाका काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बांग्लादेश तर्फ र बांग्लादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।
“बांग्लादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बांग्लादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ,” उनले भने।
कार्यालयका अनुसार गत आर्थिक २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको सामग्री बांग्लादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
