अन्तरिम सरकारको नेतृत्व गरिरहेका नेता मोहम्मद युनुसले बांग्लादेशमा राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि देशवासीसँग अपिल गरेका छन्।
बांग्लादेशमा अन्तरिम सरकारको नेतृत्व गरिरहेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि देशवासीसँग अपिल गरेका छन्।
शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि ज्यान गुमाएकी छात्राकी भाव विह्वल आमालाई अँगालो हाल्दै युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न देशवासीसँग आग्रह गरेका हुन्।
नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किए बांग्लादेशको अन्तरिम सरकारको नेतृत्व सम्हालेका हुन्। “हाम्रो जिम्मेवारी नयाँ बांग्लादेश निर्माण गर्नु हो,” उनले भने।
पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दू अल्पसंख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमण भएका र यसले बांग्लादेशसँगै छिमेकी मुलुक भारतमा समेत त्रास फैलाएको एएफपीले जनाएको छ।
युनुसले उत्तरी शहर रङ्गपुरको भ्रमण गरेका थिए। गत महिना भएको प्रदर्शनका क्रममा मारिएका पहिलो विद्यार्थी अबु सायिदको सम्झनामा उनले शान्ति कायम गर्न आह्वान गरेका थिए।
“धर्मका आधारमा विभेद नगर्नुहोस्,” युनुसले भने, “सायिद हरेक घरमा छन्। उनी जसरी राष्ट्रिय जागरणका लागि उभिए हामी पनि त्यसरी नै उभिनुपर्छ। अबु सायिदलाई हेर्ने दृष्टिकोणबारे बांग्लादेशमा कुनै मतभेद हुने छैन।”
विद्यार्थीको नेतृत्वमा हसिनाको सरकारविरुद्ध भएको प्रदर्शनमाथि प्रहरीले दमन गर्दा २५ वर्षीय सायिदले जुलाई १६ मा ज्यान गुमाएका थिए। उनको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
