मनमोहन सेन्टरको छतबाट हाम फालेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ– काठमाडौँको महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेका एक युवाको शनिबार मृत्यु भएको छ।
प्रहरी वृत्त महाराजगन्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाम फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरूपराज आचार्यको मृत्यु भएको हो।
महाराजगन्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केही बेरमा हाम फालेका पाइएको जानकारी दिए। उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ।
घटना अपराह्न ३ः०० बजेतिर भएको र घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनी अस्पतालमा बिरामी या बिरामीका आफन्तसमेत नभएको पाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
