आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौँमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको छ।
काठमाडौँ– काठमाडौँमा डोल्पाका तस्वीर, भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन जारी छ।
शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्ने भन्दै ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तर्गत डोल्पा जिल्लाको प्रदर्शनी शुरू गरिएको हो।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौँमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको छ।
मनघरी फाउन्डेसनको आयोजनामा शनिबार शुरू भएको प्रदर्शनी सोमबारसम्म चल्नेछ।
संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लालाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामाग्रीमार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्किने क्रममा असारमा दैलेखको प्रदर्शनी गरेका थियो भने साउनमा डोल्पाको प्रर्दशन गरिएको कनेक्टिङ कर्णालीका परिकल्पनाकार एवं फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।
प्रदर्शनीमा डोल्पामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्किने गरी ३ वटा तस्वीरका साथै जिल्लाई केन्द्रित गरी कर्णाली झल्किने भिडियो प्रदर्शनी र उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ। अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रूपमा पर्यटन क्षेत्र नै छ।
जुन क्षेत्रका लागि कर्णाली प्रदेश नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन्। तर तिनको उचित प्रचार हुन सकेको छैन, यही कुरालाई मनन गर्दै कार्यक्रम गरिएको अध्यक्ष थापाले बताए।
प्रदर्शनीमा टेक शाहीका चार वटा तस्वीर, जगे बुढाका दुई वटा र डा. सुरज उपाध्याय, रामचन्द्र बस्नेत, रामचन्द्र न्यौपाने र डब्लूडब्लूएफका एक–एक वटा तस्वीर छन्। भने बाँकी भरतबन्धु थापाका रहेका छन्। प्रदर्शनीमा भिडियोहरू टेक शाही र मनघरी फाउन्डेसनले तयार गरेको आयोजकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
