ललितपुर–१८ स्थित आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका तिमिल्सिनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
काठमाडौँ– गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। शनिबार राति ललितपुर–१८ स्थित आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ।
तिमिल्सिनाको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। सुनसरी प्रकाशपुर स्थायी घर भएका प्रकाश तिमिल्सिना रियालिटी शो 'नेपाली तारा' बाट उदाएका गायक हुन्।
उनका प्रिय ‘तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधैँ एकनास हुँदैन’लगायत गीत चर्चित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
