सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
सोलुखुम्बु– सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कार्यालयका कर्मचारीको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।
सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो प्रसारण लाइन आसपास रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो। मृतक राई थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम निवासी हुन्।
सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, ज्यालादारीका रूपमा कार्यरत ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिइन्।
६३० किलोवाट क्षमताको उक्त कम्पनीले सल्लेरीसहित आसपासका क्षेत्रमा करिब तीन हजार ४०० घरधुरीलाई विद्युत् उपलब्ध गराउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
