स्थापितले एक करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा बचत गरेको भए तापनि उपचार गर्न पाँच लाख रुपैयाँ नहुँदा उनको मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए।
काठमाडौँ– सहकारी संस्थामा जम्मा गरेको बचत झिक्न नपाएर उपचारमा पैसा अभाव भई मृत्युवरण गर्नुपरेको भन्दै सहकारी पीडितहरूले विरोध प्रदर्शन गरेका छन्। वीर अस्पतालमा उपचारका क्रममा पाँच लाख रुपैयाँ रकम अभावमा ६६ वर्षीय राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

स्थापितको न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्। सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन्।

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट रकम झिकेर सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए। राजेन्द्रकी श्रीमती जसबाटीबाबा बज्राचार्यले बैंकमा राखेको एक करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तको भनाइ छ।

स्थापितको एक करोड रुपैयाँ बढी रकम सहकारीमा भए पनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएका कारणले मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए।
“उहाँलाई आफ्नै ज्यानको उपचार गर्ने पैसासमेत उहाँ आबद्ध सहकारीले खाएका कारण आज उहाँले ज्यान गुमाउनु परेको छ। सरकारसँग गरेका सम्झौता हामी आन्दोलन गर्न थालेको ८० दिन हुँदासमेत कार्यान्वयनमा आएको छैन,” उनले भने।

स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरूले सडकमा शवयात्रासहित विरोध प्रदर्शन गरेका छन्। उनीहरूले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
