आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ। आइतबार नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो।
यस दिन नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ को विन्दुमा कायम भएको छ। यो ३.४१ प्रतिशतको वृद्धि हो। ३३० कम्पनीको ६ करोड तीन लाख २१ हजार ३२३ कित्ता शेयर दुई लाख ७५ हजार २०७ पटक खरिद बिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा समूह ४.५५ र लघुवित्त समूह ४.४० प्रतिशतले बढेको छ। बैंकिङ ३.३५, विकास बैंक २.५८, वित्त ३.४८, होटल तथा पर्यटन ०.९०, जलविद्युत् ३.९३, लगानी ४.१२ र उत्पादन तथा प्रशोधन समूह १.७५ प्रतिशतले बढेको छ। म्युचुअल फन्ड ०.०१, निर्जीवन बीमा ३.४५, व्यापार २.९१ र अन्य समूह २.५१ प्रतिशतले बढेको छ।
यस दिन १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो। कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आइतबार नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ५२ करोड दुई लाख ४७ हजार ३७० बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको २४ लाख ५१ हजार ६८६ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
