दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका अवसरमा दुई पक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए। यसअघि विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार भेट गरेका थिए।
विदेशसचिव मिस्री परराष्ट्रसचिव लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौँमा आएका हुन्। भारतका विदेशसचिवको यो नियमित भ्रमण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी सोमबार स्वदेश फर्किने कार्यक्रम तय छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
