सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले कमला नदीमा पुल बनाउन माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ।
धनुषा– हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाइएको छ। सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित कमला पुल निर्माण संघर्ष समितिले आइतबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
उनीहरूले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणसम्बन्धी एक सूत्रीय माग छ। आफ्ना माग पूरा गर्न सातदिने अल्टिमेटम पनि दिइएको सिरहा नगरपालिकाका इन्जिनियर एवं संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवले जानकारी दिए। माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उनले बताए।
ज्ञापनपत्र बुझाउनुअघि धनुषा र सिरहाका विभिन्न ठाउँबाट राजनीतिकर्मी, बुद्धिजीवी, युवा र सरोकार भएकासहित बृहत् र्याली निकालिएको थियो। ज्ञापनपत्रमा संघीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
