आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
काठमाडौँ– क्यानडामा जारी ग्लोबल टी–२० लिगको उपाधि टोरोन्टो नेसनल्सले जितेको छ।
आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। ९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गरेको हो। टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए। मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक/एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो। जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाउँदा जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए।
टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक/एक विकेट लिए।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
