गगनसिंह दरबारको ३० फिटे पर्खाल भत्कियो

काठमाडौँ महानगर–१९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो।

काठमाडौँ– काठमाडौँ उपत्यकामा आइतबार राति भएको वर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो। सोमबार बिहान करिब ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो।