बांग्लादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका छन्।
बांग्लादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका छन्।
“आवामी लिग पार्टीले बांग्लादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौँ,” सखावत हुसेनले भने, “निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ।”
गृहमन्त्रीको यो भनाइ बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो। आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्र राष्ट्र भारततर्फ गएकी थिइन्। पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ।
वाजेदले करिब १७ करोड जनसंख्या रहेको बांग्लादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्त्वपूर्ण रहेको दावी गरेका थिए।
“हामीसँग दशौँ लाख अनुयायीहरू छन्। उनीहरू कतै जाँदैनन्,” उनले एएफपीसँगको अन्तर्वार्तामा भने, “अवामी लिगबिना बांग्लादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
