नेप्से परिसूचक ७०.८१ अंकले बढ्यो, २७ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक ७०.८१ अंक अर्थात् २.४७ प्रतिशतले बढेर २९३१.६५ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ। सोमबार शेयर बजारमा हालसम्मकै उच्च रकम कारोबार भएको हो।

यस दिन नेप्से परिसूचक ७०.८१ अंक अर्थात् २.४७ प्रतिशतले बढेर २९३१.६५ को विन्दुमा कायम भएको छ। सोमबार कारोबारमा आएका ३३९ कम्पनीमध्ये १७१ को बढेको छ भने ६८ वटाको घटेको छ। त्यस्तै, तीन वटा कम्पनीको शेयर मूल्यमा परिवर्तन आएन।

सोमबार ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री भयो। जसबाट २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँ बराबरको कारोबार भयो। यो आइतबारको कारोबारभन्दा एक अर्ब ४७ करोड रुपैयाँले बढी हो। आइतबार  २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिनको कारोबारमा लगानी र उत्पादन तथा प्रशोधनबाहेक अन्य सबै समूहको शेयर मूल्य बढेको छ। उत्पादन तथा प्रशोधनको १.१९ र लगानीको ०.१९ प्रतिशतले घटेको छ। 

सबैभन्दा धेरै बढ्नेमा  जीवन बीमा समूह ५.८५, वित्त समूह ४.८१ र   व्यापार समूह ४.१३ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ २.९५, विकास बैंक ३.००, होटल तथा पर्यटन २.९४, जलविद्युत् ३.४३ र लघुवित्त समूह १.०८ प्रतिशतले बढेको छ। त्यस्तै, म्युचुअल फन्ड ०.९३, निर्जीवन बीमा २.९७ र अन्य समूह १.०० प्रतिशतले बढेको छ।

सोमबार सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रो पावर, रसुवागढी हाइड्रो पावर, श्वेत गंगा हाइड्रो पावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो। कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब २२ करोड ८० लाख ७२ हजार ४०३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को २६ लाख ६९ हजार ३५० कित्ता शेयर किनबेच भएको छ।