परराष्ट्रमन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप ‘हवाई रुट’को उपलब्धताको विषय विदेशसचिव मिस्रीमार्फत भारतसमक्ष राखेकी छन्।
काठमाडौँ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले सोमबार शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा मन्त्री डा. राणाले नेपाल–भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप ‘हवाई रुट’को उपलब्धताका लागि सचिव मिस्रीमार्फत भारतसमक्ष कुरा राखेकी छन्। मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलबारे पनि सचिव मिस्रीसँग छलफल गरेकी छन्।
सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा. राणाले कुरा गरेको मन्त्रालयले जनाएको छ। उनीहरूबीच यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो।
त्यसैगरी मन्त्री डा. राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत भारत सरकारसँग राखिन्। उनले दार्चुलामा महाकाली नदीमा निर्माण गरिएको पक्की पुल उद्घाटनको प्रसंग पनि उठाएको मन्त्रालयले जनाएको छ।
मन्त्री डा. राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन्। उनले जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
