ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर सोमबार एक बालिकाको मृत्यु भएको छ।
काठमाडौँ– ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर सोमबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा आइतबार शव फेला परेको जानकारी दिए।
काठमाडौँ महानगरपालिका–६ बौद्ध चुच्चेपाटी ढुंगेधारा डेरा गरी बस्ने बैतडी दशरथ चन्द नगरपालिका–४ घर भएका २४ वर्षीय नवीनसिंह बोहरा आफ्नै कोठामा मृत फेला परेका पनि प्रहरीले जानकारी दिएको छ।
आइतबार मृत भेटिएका उनको विषयमा आवश्यक अनुसन्धान थालिएको कार्कीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
