मंगलबार ८.१८ अंकले घटेर नेप्से परिसूचक २९२३.४६ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेप्से परिसूचकमा मंगलबार सामान्य अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ८.१८ अंकले घटेको हो। यस दिन ०.२७ प्रतिशतले घटेर नेप्से परिसूचक २९२३.४६ को विन्दुमा कायम भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार पाँच करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर दुई लाख ४१ हजार ६६५ पटक किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ रुपैयाँ बराबरको कारोबार भयो।
अघिल्लो दिन सोमबार ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँ बराबरको कारोबार भयो।
यस दिन कारोबारमा आएका ३३२ कम्पनीमध्ये ८० वटाको शेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
यस दिन बैंकिङ, वित्त, लगानी, जीवन बीमा, व्यापार समूहबाहेकको शेयर मूल्य घटेको छ। सबैभन्दा धेरै वित्त समूहको १.५७ प्रतिशतले बढेको छ। त्यस्तै, सबैभन्दा धेरै होटल तथा पर्यटन २.२५ प्रतिशतले घटेको छ।
मंगलबारको कारोबारमा तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा मातृभूमि लघुवित्त, पिपुल्स पावर लिमिटेड, डोल्टी पावर कम्पनी रहेका छन्। त्यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले ९.९३ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख ४० हजार ८२२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को २९ लाख ८६ हजार ९०७ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
