गत वर्षको तुलनामा यस वर्ष मनसुनजन्य घटनाबाट मानवीय क्षति बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
काठमाडौँ– मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा १७० जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा १९५ जना घाइते भएका छन्।
मनसुनजन्य विपद्ले सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ। सबैभन्दा कम मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ।
गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष मनसुनजन्य घटनाबाट मृत्यु हुनेको संख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। गत वर्ष सोही अवधिमा ७२ जनाको मृत्यु, २८ बेपत्ता र १०० जना घाइते भएका थिए।
यस वर्षको मनसुनजन्य विपद्बाट दुई हजार ९९८ घरपरिवार प्रभावित भएका छन्। विपद्बाट १९७ निजी घर पूर्ण र १७० घरमा आंशिक क्षति पुगेको छ। यस्तै, तीन सरकारी कार्यालय र पाँच पक्की पुल, १५ झोलुंगे पुल तथा एक जलविद्युत् आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
दुई महिनाको अवधिमा बाढीका १६९, पहिरोका १३६, भारी वर्षाका २२८ र चट्याङका ८८ गरी ८४८ विपद्का घटना भएका छन्। बाढीबाट ३६ को मृत्यु, पाँच बेपत्ता र २४ घाइते भएका छन्। पहिरोमा परी १०९ जनाको मृत्यु, ३९ बेपत्ता र ९६ घाइते, भारी वर्षाबाट एकको मृत्यु र २० घाइते तथा चट्याङबाट २४ को मृत्यु र ५५ जना घाइते भएका छन्।
सो अवधिमा आगलागी, हावाहुरी, जनावर आक्रमण, वन डढेलो, लोक लाग्नु र सर्प दंशलगायत अन्य विपद्का ४७१ घटना भएका प्राधिकरणले जनाएको छ। ती घटनामा परी १९ जनाको मृत्यु भएको छ।
यस अवधिमा देशभर १७१.७ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी पानी पर्ने अनुमान गरेको थियो।
गत जेठ २८ गतेदेखि नेपालमा मनसुन प्रवेश भएको थियो। यस वर्ष कञ्चनपुरको चाँदनी दोधारामा अहिलेसम्मकै बढी वर्षा भएको थियो। जल मापनको ७७ वर्षको इतिहासमा कञ्चनपुरमा सबैभन्दा धेरै ६२४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
बाढी पहिरोमा परी घाइते भएका २३ जनालाई हवाई उद्धार तथा उच्च जोखिममा रहेका एक हजार २२७ जनालाई जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
नेपाल प्रहरीका आठ हजार २५२, सशस्त्र प्रहरी बलबाट पाँच हजार ८१७ र नेपाली सेनाबाट चार हजार ७०८ गरी १८ हजार ७७७ सुरक्षाकर्मी खोज, राहत तथा उद्धारमा संलग्न भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
