दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ।
नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ। सडक भासिएपछि मंगलबार बिहानैदेखि पहाड कटान शुरू गरिएको थियो।
कटान कार्य मंगलबार पूरा नभएपछि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सोमबार साँझ सडक भासिएको थियो। सो क्षेत्रमा मंगलबार बिहानदेखि दिउँसो २ बजेसम्म अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाएर मर्मत गरिएको थियो।
सुरक्षाको दृष्टिकोणले जोखिम हुने राति काम नगर्ने र मंगलबार बिहान ८ बजेदेखि पुनः काम शुरू गरिने पौडेलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
