एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै पारो एफसी समूह चरणमा प्रवेश गरेको छ।
काठमाडौँ– एएफसी च्यालेन्ज लिगमा भुटानको पारो एफसीले नेपालको चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा मंगलबार भएको खेलमा पारो एफसी २-१ गोल अन्तरले चर्च ब्वाइजलाई पराजित गर्दै समूह चरणमा प्रवेश गरेको हो।

चर्च ब्वाइज भने प्रतियोगिताबाट बाहिरिएको छ। भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई पराजित गरेको यो पहिलो पटक हो। पारोका लागि ६६ औँ मिनेटमा विलियम ओपोकुले गरेको गोल नै निर्णायक रह्यो। ओपाकुले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले बचाउन सकेनन्।

पहिलो हाफ भने दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। ३८औँ मिनेटमा चर्च ब्वाइजका लाकेन लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। मोसेस गाबाले दिएको पासमा लाकेनले हेडमार्फत गोल गरेका थिए।

तर त्यसको दुई मिनेटमै पारोका किंगा वाङ्चुकले खेललाई बराबरीमा ल्याए। चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किंगाले गोल गर्न सफल भए।

चर्च ब्वाइज शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग जितेको थियो। पारोले मंगलबारको खेलमा पहिलो रोजाइमै ९ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो चर्च ब्वाइजले तीन विदेशी खेलाडीलाई खेलाएको थियो।

खेल भने मैदान हिलाम्य भएका कारण प्रभावित भएको थियो। हिलो मैदानका कारण दुवै टोलीका खेलाडीलाई खेल्न असहज भएको थियो। पारो र चर्च ब्वाइजबीचको खेलमा दर्शकको भने उल्लेख्य उपस्थिति रहेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
