स्वास्थ्य सेवा विभागले देशभर ५० जनामा हैजा संक्रमण देखिएकोमा ललितपुरमा मात्रै ३८ संक्रमित रहेको जनाएको छ।
काठमाडौँ– स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा संक्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना संक्रमित रहेको जानकारी दिएको छ। विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा संक्रमण भएको छ।
विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित बिरामीको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गर्ने/गराउने कार्य गरिरहेको जानकारी दिएको छ।
“प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयमा सफाइ र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ भने द्रुत प्रतिकार्य टोली परिचालन भएको नियमित केस अनुसन्धान भइरहेको छ”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रभावित क्षेत्रमा थप बिरामीको सक्रिय खोजी भइरहेको छ, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी हुनु तथा विभिन्न विज्ञ टिमको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउन सम्बन्धित सङ्घसंस्था तयार सरोकारवाला निकायले आआफ्नो जिम्मेवारी प्रभावकारी रूपले पूरा गर्ने निर्णय गरिएको छ।”
आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकामा सरोकारवालासँग बैठक बसी सबै सरोकारवालामार्फत प्रतिकार्य प्रभावकारी बनाउने निर्णय भएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य शिक्षाका सामग्री तयारगरी प्रसारण गरिएको तथा झाडापखाला तथा हैजाका बिरामीको १४४ सरकारी तथा निजी अस्पतालबाट नियमित रूपमा निगरानी भइरहेको छ।
जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको, एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा झाडापखालाका बिरामी देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको हटलाइनमा सम्पर्क गरी जानकारी गराउने सकिने विभागले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
