रेसुंगा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ। नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन्।
गुल्मी– रेसुंगा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन्। नेपाल पक्षी संरक्षण संघले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुंगा संरक्षित वन क्षेत्रमा ती चरा फेला परेका संघका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए।
मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुंगेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुंगा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए। वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीले बताए।
विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र ६ किसिमका चरा पाइने उनको भनाइ छ। गुल्मीको रेसुंगा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चरामध्ये रेसुंगा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डंगर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल पाइन्छन्। रेसुंगा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ। नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन्।
एक सर्वेक्षणअनुसार रेसुंगामा २६३ र मदानेमा २८६ प्रजातिका चरा फेला परेका हुन्। मदानेको वन क्षेत्र ९७५ मिटरदेखि दुई हजार ६९० मिटर र रेसुंगा वन क्षेत्र ५७५ देखि दुई हजार ३४५ मिटर उचाइसम्म रहेको छ। वनको क्षेत्रफलको हिसाबले रेसुंगा १९ हजार २८१ हेक्टर र मदाने १३ हजार ७४३ हेक्टर क्षेत्रफल छ।
रेसुंगा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको संख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत भरत पन्थीले बताए। विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुंगा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि संकटापन्न अवस्थामा रहेका चराको बासस्थानलाई जोगाइराख्न स्थानीय पालिकाको भूमिका महत्त्वपूर्ण हुने डिभिजन वन कार्यालयका प्रमुख जीवन पंगेनीले बताए।
नेपाल पक्षी संरक्षण संघले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमले दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयलाई वनको संरक्षणमा टेवा पुर्याएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
