अरुणमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

निरन्तरको वर्षाले मकालु गाउँपालिकाकास्थित फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पनी बग्न थालेको छ।

खाँदबारी– अविरल वर्षाका कारण अरुण नदीमा जलसतह बढेको छ। वर्षा जारी नै रहेकाले नदी आसपास र तटीय क्षेत्रमा जोखिम कायम रहेको प्रहरीले जनाएको छ।

निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ। 

यस्तै, खोला, नदीमा जलसतह बढेको खण्डमा नजिकको प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ।