आइतबार काठमाडौँ महानगरपालिकाको प्रहरी टोली चाँदबाग स्कुलअघि पुगेर सरकारी जग्गा भएकाले त्यहाँ निर्मित संरचना दुई दिनभित्र हटाउन स्कुल सञ्चालकलाई निर्देशन दिएको थियो।
काठमाडौँ– व्यवसायी अरुण चौधरीको कम्पनी सिजी चाँदबाग रेसिडेन्सी प्रालि (साबिक च्याम्पियन फुटवेर) ले चाँदबाग स्कुल रहेको बाँसबारीस्थित जग्गा तथा जग्गामा रहेको संरचना यथावत् राख्न माग गर्दै काठमाडौँ–३ को वडा कार्यालयमा निवेदन दिएको छ।
आइतबार काठमाडौँ महानगरपालिकाको प्रहरी टोली चाँदबाग स्कुलअघि पुगेर सरकारी जग्गा भएकाले त्यहाँ निर्मित संरचना दुई दिनभित्र हटाउन स्कुल सञ्चालकलाई निर्देशन दिएको थियो।
तर, त्यसलगत्तै चौधरी ग्रुपको केन्द्रीय कार्यालयबाट केही कर्मचारी महानगर पुगेर तत्काल स्कुललगायत भौतिक संरचना उक्त जग्गाबाट खाली गर्न नसकिने बताएका थिए।
त्यसको भोलिपल्ट चाँदबागको व्यवस्थापन पक्षका प्रतिनिधिले फोन गरेर स्कुल खाली गर्नका लागि समय दिन महानगरलाई अनुरोध गरेका थिए। महानगरले आगामी सोमबारसम्म जग्गा खाली गर्न स्कुललाई अल्टिमेटम दिएको थियो।
यो पनि : बाँसबारीको सरकारी जग्गा खाली गर्न चाँदबागलाई काठमाडौँ महानगरको ७ दिने ‘अल्टिमेटम’
तर, मंगलबार अर्थात साउन २९ गते सिजी चाँदबाग रेसिडेन्सी प्रालि, सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले वडा नम्बर ३ का वडाध्यक्ष प्रेम थापालाई सम्बोधन गर्दै आफ्नो नाममा रहेको जग्गा सरकारको नाममा अद्यावधिक गरी ल्याउने प्रक्रिया र सरकारको नाममा अद्यावधिक गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई वटा मुद्दा विचाराधीन रहेको र त्यसबारे अदालतबाट अन्तिम फैसला नभएसम्मका लागि उक्त जग्गा तथा जग्गामा रहेका संरचना यथावत् रहन दिन अनुरोध गर्दै पत्र लेखेका छन्।
शान्ति क्षेत्र मानिएको स्कुलमा महानगरले माइकिङ गरेको भन्दै त्यसमा विद्यालयको ध्यानाकर्षण भएको पनि जनाएको छ।
चाँदबाग स्कुलले सरकारले अघि बढाएको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा दिएका दुईवटा रिट विचाराधीन छन्। एउटा रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ। अर्को रिटको सुनुवाइ आगामी असोज ६ गतेका लागि तोकिएको छ।
यो पनि: बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा
चाँदबाग स्कुलले निजी विद्यालयको छाता संगठन एनप्याब्सनमा पनि महानगरले गरेको गतिविधिका विषयमा पनि जानकारी गराएको छ। २०८० चैत ९ गते चाँदबागको नाममा रहेको जग्गा मालपोत कार्यालयले आफ्नो नाममा स्रेस्ता कायम गरेको थियो। त्यस्तै माघ २४ गते मालपोत कार्यालयले प्रक्रिया अघि बढाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
