महासचिव गुटेर्रेसले महिला, युवा, अल्पसंख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशिताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बांग्लादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन्। महिला तथा अल्पसंख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न उनको अनुरोध छ।
“गुटेर्रेसले बांग्लादेशमा शान्ति पुनर्स्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ,” उप–प्रवक्ता फरहान हकले भने, “उहाँले महिला, युवा, अल्पसंख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशिताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गर्नुभयो।”
आवामी लिगकी नेतृ शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बांग्लादेशले हाल अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ।
मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो।
हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेका अल्पसंख्यकक हिन्दू समुदायका सदस्य र बांग्लादेशी सेनाबीच मंगलबार झडप भएको थियो।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले ढाकाको ऐतिहासिक ढाकेश्वरी मन्दिरको भ्रमण गर्दै अल्पसंख्यकलाई देशमा सुरक्षा कायम गर्ने आश्वासन दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
