कोर्बिन शुल्ट्जमाथि ४२ हजार अमेरिकी डलरमा अति संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ। उनलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।
अमेरिकी सेनाका एक सदस्यले चीनलाई गोप्य दस्तावेज बेचेको आरोप स्वीकार गरेका छन्। ती सैनिकको नाम कोर्बिन शुल्ट्ज हो।
अमेरिकी कानून मन्त्रालय (न्याय विभाग)ले यो जानकारी दिएको हो। अभियुक्त सैनिकहरू सेनामा विश्लेषकको रूपमा काम गरिरहेका थिए। एफबीआई र अमेरिकी सेनाको गुप्तचर निकायले गरेको अनुसन्धानपछि सेनाका सर्जेन्ट शुल्ट्जलाई मार्चमा पक्राउ गरिएको थियो। उनीमाथि ४२ हजार अमेरिकी डलर अर्थात् करिब ५६ लाख रुपैयाँमा धेरै संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ।
यो सम्पूर्ण षड्यन्त्र जुन २०२२ मा शुरू भएको अधिकारीहरूले बताएका छन्। सार्जेन्ट कोर्बिन शुल्ट्जलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।
अदालतका कागजातहरूका अनुसार, सार्जेन्ट कोर्बिन शुल्ट्जसँग गोप्य सूचनाहरू पहुँच गर्न सुरक्षा क्लियरेन्स थियो। उनले हङकङमा बस्ने एक व्यक्तिसँग मिलेर यो सूचना चोर्ने षड्यन्त्र गरेका थिए।
अदालतको अभिलेखअनुसार हङकङमा बस्ने एक व्यक्तिले शुल्ट्जलाई मिसाइल रक्षा र मोबाइल आर्टिलरी प्रणालीसँग सम्बन्धित जानकारी संकलन गर्न आग्रह गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
