बुधबार नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २ हजार ९५७.७५ को विन्दुमा कायम भएको छ।
काठमाडाैँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य करेक्सनपछि ३४.२९ अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २९५७.७५ को विन्दुमा कायम भएको हो।
आज ३३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार १५० रुपैयाँ बराबरको कारोबार भएको छ।
जीवन बीमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फन्ड ०.९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ७.६७ प्रतिशतले बढेको छ। बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, जलविद्युत् १.९१, लगानी २.४९, उत्पादन तथा प्रशोधन ०.६४, निर्जीवन बीमा ०.७४, व्यापार ०.३९ र अन्य समूह ०.८३ प्रतिशतले बढेको छ।
आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ८६ करोड ५८ लाख ५८ हजार ३०७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार १७२ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
