अदालतको यो निर्णयले थाइल्यान्डमा राजनीतिक अनिश्चितताको डर थपिएको छ।
थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई बर्खास्त गरेको छ। थाभिसिनलाई मन्त्रिपरिषद्मा जेल सजाय भुक्तान गरेका पूर्व वकिल पिचिट चेनबानलाई समावेश गरेकोमा बर्खास्त गरिएको बीबीसीले जनाएको छ।
गत मेमा विपक्षी दलका ४० जना सांसदहरूले जेल सजाय भुक्तान गरेका व्यक्तिलाई मन्त्री बनाइएको विषयमा प्रधानमन्त्रीलाई हटाउन माग गर्दै अदालतमा निवेदन दायर गरेका थिए।
त्यहाँको संवैधानिक अदालतमाथि त्यहाँका राजाको नियन्त्रण रहन्छ। उक्त अदालतले थाविसिनले नैतिकताको नियम उल्लंघन गरेको र अवज्ञाकारी व्यवहार गरेको बताएको छ। ६७ वर्षीय श्रेथा थाविसिन विगत १६ वर्षमा देशको संवैधानिक अदालतले पदबाट हटाइएका तेस्रो प्रधानमन्त्री हुन्। उनी अघिल्लो वर्षको अगस्टमा प्रधानमन्त्री बनेका थिए।
थाविसिनको स्थानमा अन्तरिम प्रधानमन्त्री नियुक्त गरिनेछ। त्यसपछि नयाँ प्रधानमन्त्री चयनका लागि संसदको बैठक बस्ने बताइएको छ। अदालतको फैसलापछि थाभिसिनले भने, "मलाई आफ्नो इमानदारीतामा पूर्ण विश्वास छ। मलाई माफ गर्नुहोस्, तर म अदालतको निर्णयसँग असहमत छु भनी भनेको होइन।"
अदालतको यो निर्णयले थाइल्यान्डमा राजनीतिक अनिश्चितताको डर थपिएको छ। देशमा धेरै पटक विद्रोह भएको छ। सन् २०१४ मा यहाँ सैनिक शासन स्थापना भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
