बेचन झाले भारतको बिहारमा आफ्नो मतदाता परिचयपत्र रहेकोबारे प्रहरी अनुसन्धानका क्रममा पनि स्वीकार गरेका छन्।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय राजनीतिक तहमा जोडिएका बेचन झाका विरुद्धमा मुलुकी फौजदारी कार्यविधि संहिताअन्तर्गत ठगी, किर्ते र राज्यविरुद्ध संगठित अपराधसहितका अभियोगमा बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
नक्कली शरणार्थी प्रकरण अन्तर्गत २०७९ चैतपछि शुरू भएको अनुसन्धान तथा अभियोजनपछि फरार सूचिमा रहेका संदिग्ध नागरिक (नेपाल–भारत नागरिकता रहेका आधारमा) बेचन झालाई गत असार १३ मा नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेयता उनी बयान तथा मुद्दा प्रमाणीकरणको चरणमा थिए।
जिल्ला प्रहरीले मुद्दा दायर गर्दा झाका बारे पाएको प्रमाण तथा अनुसन्धानका आधारमा सम्पत्ति शुद्धीकरणबारे प्रक्रियागत जवाफ पनि नआएको जनाएको छ। झाबाट बरामद २ थान मोबाइल तथा झासँगको संवादको रेकर्ड (पेनड्राइभ)को डिजिटल फरेन्सिक ल्याब परीक्षण रिपोर्ट डेढ महिना बित्दा पनि नआएको बारेसमेत बुधबार अभियोजन गरिएको मुद्दामा खुलाइएको छ। यस्तै, नेपाल र भारतका द्वैध नागरिक रहेका बेचन झाको हैसियतबारे सम्बद्ध निकायबाटै पनि जवाफ नआएको अभियोजनमा खुलाइएको छ।
गत असार १३ गते कन्चनपुरको गड्डाचौकी नाकाबाट पक्राउ गरिएका झासँग सामसुङ मोबाइल र दुई वटा आइफोन रहेकोमा त्यसको परीक्षण बारे अझै कुनै जवाफ नआएको खुलाइएको छ।
"झाको दोहोरो नागरिकतासहितको विषयमा अनुसन्धान गरेर मुद्दा दायर गरिएको हो," जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी बसन्त रजौरेले उकालोसँग भने, "थप कुरा हामीले अभियोजन गरेको मुद्दा र आधारमा हेर्नुहोला, यो अब न्यायिक निरुपणको कुरा हो।"
झाले भारत, बिहारमा आफ्नो मतदाता परिचयपत्र रहेकोबारे भने प्रहरी अनुसन्धानका क्रममा पनि स्वीकार गरेका छन्।
उनले नेपालमा वीरगन्जबाट नागरिकता लिएको र भारतका समेत नागरिक रहेको आधारमा यो द्वैध नागरिक पहिचानलाई पनि अभियोजनमा समेटिएको एसएसपी रजौरेले बताए। "पाएसम्मका प्रमाण र आधारलाई हामीले अभियोजनमा राखेका छौँ," रजौरेले भने।
यो पनि: बेचन झासँग नेपाल र भारतको दोहोरो मतदाता परिचयपत्र
बेचन झा जसले मन्त्रिपरिषद्लाई नै हात लिएर नक्कली शरणार्थी गिरोहको पक्षमा निर्णय गराए
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
