मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रकाउ पर्नेमा चीनको हुनान प्रान्त स्थायी घर भई पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित पारामाउन्ट गेस्ट हाउसमा बस्ने ३१ वर्षीय जेडहाइ मिङ चेन, लम्जुङ घर भई पोखरा–१६ संगमटोल बस्ने २२ वर्षीया सरू बिक र पोखरा–२२ आर्वा बस्ने ३४ वर्षीया भगवती अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
१४ वर्षीया एक बालिकालाई "तिमी दु:ख पाउने केटी रहेछौ, हामीहरूले चिनियाँ नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविष्य बन्छ" भनी ललाईफकाई गरी भगवती र सरूले चिनियाँ नागरिकसँग बिहे गराई मानव बेचबिखनमा संलग्न रहेको प्रहरीको भनाइ छ।
उनीहरूले चिनियाँ नागरिक जेडहाङसँग आर्थिक लाभ लिई साउन १३ गते विवाह गराई पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा बालिका भाग्न सफल भएकी थिइन्।
पीडितकी आमाले आफ्नी छोरीलाई बेचबिखन गर्ने उद्देश्यले विवाहको नाटक गरी होटलमा बन्धक बनाई राखेका हुँदा कारबाही गरी पाउँ भनी साउन २९ गते प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन्। त्यसैको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकिृया अगाडी बढाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
