पहिरोले पर्यटकीय गाउँ घुन्सा हुँदै कञ्चनजंघा हिमाल जाने पदमार्ग र पदमार्गमा पर्ने घुन्सा खोलाको झलुंगे पुलसमेत बगाएको छ।
काठमाडौँ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ सेकाथुममा पहिरोले दुई घर बगाएको छ।
बुधबारको पहिरोले स्थानीय छिरिङ ठक्चे शेर्पाको होटल, घर र अलैँची बगान बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले बताए।
वडाध्यक्ष शेर्पाका अनुसार छिरिङले घर नजिकै कञ्चनजंघा पदमार्गमा अर्को घर बनाएर होटल सञ्चालन गर्दै आएका थिए। छिरिङ बुधबार दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरीसमेत बेलुका छिमेकीको घरमा गएकाले मानवीय क्षति भएको छैन।
यसैबीच पहिरोले पर्यटकीय गाउँ घुन्सा हुँदै कञ्चनजंघा हिमाल जाने पदमार्ग र पदमार्गमा पर्ने घुन्सा खोलाको झलुंगे पुलसमेत बगाएको छ। पुल बगाएपछि हिमाल जाने पर्यटक र स्थानीयलाई समस्या भएको छ। पहिरो नरोकिएकाले तत्काल केही गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
