भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौँसम्म बिक्री गर्छन्। खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुन थालेको उनले सुनाए।
टक्सार– भोजपुरका पशुपालक किसान बंगुरपालनमा आकर्षित भएका छन्। पछिल्लो समय जिल्लामा बंगुरपालन गर्ने किसानको संख्या बढेको छ। यसबाट आम्दानी गर्न सफल किसान हुन्, भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदी।
उनले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बंगुरबाट पालन शुरू गरेका थिए।
बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौँसम्म बिक्री हुन थालेपछि उनी उत्साहित भएका छन्। हाल खर्च कटाएर वार्षिक पाँच लाख आम्दानी हुन थालेको खेसराजले सुनाए। लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बंगुर पालेका छन्। स्थानीय जातको बंगुरभन्दा उन्नत जातको बंगुरबाट छिटो आम्दानी लिन सकिने उनले बताए। स्थानीय जातका बंगुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बंगुर १०० देखि १८० किलोसम्म हुने गरेको छ।
खेतबारीमा रमाउने किसान सुवेदीले बंगुरपालन मात्र होइन, फलफूलखेती पनि गरेका छन्। खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन्। यो याममा एभोकाडोबाट पाँच लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य उनले सुनाए। स्वदेशमै श्रम गरे विदेश जानु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा उनले जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
