निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको जनाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको जनाएको छ। निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ रहेकामा १६२ कायम भएको छ। दोस्रो वर्गका लागि प्रतिलिटर १६९ रहेकामा १६४ र तेस्रो वर्गका लागि प्रतिलिटर १७० रहेकामा १६५ रुपैयाँ कायम गरिएको छ ।
साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५५ रहेकामा १५२ कायम गरिएको छ। साथै दोस्रो वर्गका लागि १५७ रहेकामा १५४ र तेस्रो वर्गका लागि १५८ रहेकामा १५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दिपायललाई राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
