भक्तपुरको गठ्ठाघरमा स्कुटरलाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुर– बिहीबार दिउँसो १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रूखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहरेको थियो। करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो।
सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो। तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्कर मात्र दिएन, झन्डै एक सय मिटर परसम्म घिसारेर लग्यो। स्कुटर चालकको शरीर क्षतविक्षत भयो। दुर्घटना हुनेबित्तिकै वरपर मानिस जम्मा भए। त्यो भीड आक्रोशित र एकत्रित भयो। ट्रक चालक तत्काल फरार भए। चालक फरारसँगै आक्रोशित भीड प्रहरीप्रति आक्रोशित बन्यो।
ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पिड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइ लाग्यो। सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागाभाग भयो। आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्यो। त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुंगा हानाहान भयो। स्थिति निकै तनावग्रस्त बन्यो।
केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए। प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्यो। स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले टियर ग्यास प्रहार गर्यो।
तनावका बीच प्रहरीले शव झिक्न निकै प्रयास गर्यो। टायरमुनि शव परेकाले तान्दा पनि आएन। त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भीडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो।
भीड नियन्त्रणका लागि भक्तपुरका ११८ जना प्रहरी, काठमाडौँबाट आएका १३० जना प्रहरी र सशस्त्रका १२३ जना परिचालन भएको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित भीडले प्रहरी बिट, ट्राफिक आइरल्यान्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरेका छन्।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पाँच घण्टापछि शव निकालेर सडक खुलाइएको जानकारी दिइन्। भीड नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउन्ड र नेपाल प्रहरीले २२ राउन्ड टियर ग्यास प्रहार गरेको जानकारी उनले बताइन्।
घटनाको छानबिन शुरू भइसकेको जानकारी दिँदै उनले सडकमा राखिएको फलामे बोर्डका कारण सीसी क्यामरामा दुर्घटनाको दृश्य हेर्न समस्या आएको बताइन्।
घटना भएको ६ घण्टापछि मृतक पुरुष रहेको पहिचान भएको छ। प्रजिअ श्रेष्ठले मृतक महिला नभई पुरुष भएको खुलेको जानकारी दिइन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले मृतकको साथबाट ओखलढुंगाका ४५ वर्षीय उत्तम कोइराला नाममा जारी सवारी चालक अनुमतिपत्र भेटिएको जानकारी दिए। यद्यपि आफन्तबाट शव पहिचान नभएसम्म यकिन अझै भन्न नसकिने उनले बताए।
घटनामा संलग्न ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
