देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधरणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधरणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यसैगरी, राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।