तालिबानले सत्ता कब्जा गरेदेखि कम्तीमा १४ लाख महिलाहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ।
तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको पाइएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को अध्ययनले यस्तो देखाएको हो।
अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश हो। सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लंघन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो।
तालिबान सरकारले पुरुषको शिक्षामा रोक लगाएको छैन भने महिलाका लागि कक्षाकोठा र क्याम्पस पुनः खोल्ने कुनै संकेत देखाएको छैन।
तालिबानले सत्ता कब्जा गरेदेखि कम्तीमा १४ लाख महिलाहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ। यो संख्या सन् २०२३ को तथ्यांकभन्दा तीन लाखले बढी हो।
“यदि हामीले प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलालाई जोड्ने हो भने अब देशमा लगभग २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन्। यो तथ्यांकले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीको प्रतिनिधित्व गर्छ,” युनेस्कोले भनेको छ।
तालिबान सरकारले यसको कुनै जवाफ दिएको छैन। युनेस्कोका अधिकारीहरूले अफगानिस्तानमा शिक्षाको क्षेत्रमा दुई दशकको स्थिर प्रगति लगभग समाप्त भएको बताएका छन्। “सम्पूर्ण पुस्ताको भविष्य अहिले खतरामा छ,” उनीहरूले भने।
तालिबानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बाल श्रम र बाल विवाहमा वृद्धि भएको राष्ट्रसंघले जनाएको छ। तालिबानले बुधबार बगराम एयर बेसमा आफ्नो शासनको तीन वर्ष मनायो।
दशकौँको द्वन्द्व र अस्थिरताले लाखौँ अफगानीलाई भोकमरीको संघारमा धकेलेको छ। देशमा बेरोजगारी दर उच्च छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
