थाइल्यान्डको प्रधानमन्त्रीमा पातोङटार्न सिनावात्रा निर्वाचित

पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि सिनावात्रालाई संसद्‌ले नयाँ प्रधानमन्त्री छनोट गरेको हो। 

थाइल्यान्डको प्रधानमन्त्रीमा अर्बपति टाइकुन तथा पूर्व नेता थाक्सिनकी छोरी पातोङटार्न सिनावात्रा निर्वाचित भएकी छन्। 

पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि उनलाई संसद्‌ले नयाँ प्रधानमन्त्री छनोट गरेको हो। 

गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङटानलाई प्रतिस्थापन उम्मेदवारका रूपमा चयन गरेको थियो। 

फेउ थाइ पार्टीले थाइल्यान्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य ३७ वर्षीया पेटोङटार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय अनुमोदनका लागि संसद्‌मा प्रस्तुत गरेको थियो। 

पाएटोङटार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्रा यसअघि नै थाइल्यान्डको प्रधानमन्त्री बनिसकेका छन्। पेटोङटार्न थाइल्यान्डको प्रधानमन्त्री हुने दोस्रो महिला भएकी छन्। 

सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि उनले होटल क्षेत्रको व्यवसाय हेर्दै आएकी थिइन्।