खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ। स्थानीयले हिमताल फुटेको आशंका गरेका छन्।
काठमाडौँ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे क्षेत्रमा भीषण बाढी आएको छ। बाढीले थामे गाउँमा ठूलो क्षति पुर्याएको छ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले थामे गाउँमा बाढीले क्षति पुर्याएको बताइन्। दूधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएकाले सतर्क रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको उनको भनाइ छ। उनका अनुसार प्रभावित क्षेत्रमा नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ। स्थानीयका अनुसार नाम्चेदेखि थामे पुग्न पैदल हिँडेर पाँच घण्टा लाग्छ।
विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई अर्को सूचना नभएसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। दूधकोशी नदी ओखलढुंगातर्फ बढ्दै गरेकाले कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाट लगायतका क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको हो।
उनका अनुसार हिमताल फुटेर ठूलो बाढी आएको आशंका गरिएको छ। स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन्। वडा–५ का वडा अध्यक्ष पासाङ्ग गेल्जेन शेर्पाले दिएको जानकारीअनुसार कुनै मानवीय क्षति भएको छैन तर पूरै बस्ती बगाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
