दोलखाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीलाई पराजित गर्दै माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।
काठमाडौँ– दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।
कार्कीले एमालेका बालकृष्ण शिवाकाेटीलाई ३१० मतान्तरले पराजित गरे। साेमबार बिहान सकिएकाे मतगणना अनुसार गठबन्धनका उम्मेदवार कार्कीले ३६ हजार ७९९ र शिवाकाेटीले ३६ हजार ४८९ मत प्राप्त गरे।
यस्तै, प्रदेशसभा क्षेत्र नम्बर १ बाट कांग्रेसका कुन्दराज काफ्ले निर्वाचित भएका छन्। उनले एमालेका नरबहादुर श्रेष्ठलाई पछि पारे। काफ्लेले २३ हजार २३१ र श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन्।
प्रदेशसभा क्षेत्र नम्बर २ मा भने एमालेका भरतबहादुर केसी विजयी बने। केसीले १९ हजार ४१४ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
